Friday, February 27, 2009

र्सार्वजनिक बहस

त्रिभुवन बहुमुखि क्याम्पस तानसेन पाल्पाका क्याम्पस प्रमुख सन्तोष लाल श्रेष्ठले क्याम्पसको निश्चित समयावधि भित्र निजि क्याम्पसमा गएर पठन पाठन गर्ने शिक्षकलाइ पहिलो पटक सुचना दिई सच्चाउने बताउनुभयो । अनेरास्ववियु पाल्पाले आयोजना गरेको र्सार्वजनिक बहस कार्यक्रममा प्रश्नकर्ताले सोधेको प्रश्नको उत्तर दिदै श्रेश्ठले शिक्षकहरु अन्य कलेजमा गए नगएको अनुगमन गर्ने र अनुगमन गर्दा दोषी पाइए सच्याउने बताउनु भएको हो । अनेरास्ववियु प्रारम्भिक कमिटिले क्याम्पसको गतिबिधि सबै बिद्यार्थिलाई जानकारि दिन र क्याम्पसको शैक्षिक र भौतिक सुधारका लागि सबै मिलेर बहस चलाउने उद्देश्यले र्सार्बजनिक बहस कार्यक्रमको आयोजना गरको थियो । कार्यक्रमै क्याम्पस प्रमुख श्रेष्टले क्याम्पसको चमेना गृह ब्यवस्थित गर्ने, शौचालय सफाइ गर्ने, कर्मचारिलाइ खाजा समयमा मात्र कार्यक्षेत्रमा विदा दिने, प्राध्यापक तथा कर्मचारिको पोशाक सल्लाह गरेर तय गर्ने प्रतिबद्दता गर्नु भयो । क्याम्पस प्रमुख श्रेष्टले क्याम्पसको फारम भर्दा कर्डाईका साथ रसिद काट्ने प्रणालि र पुस्तकालयको शुल्कको बारेमा उठेको सबाललाई नियन्त्रण गर्ने बताउनुभयो । कार्यक्रममै स्ववियु सभापति मोति भण्डारिले यहि २० गते भित्र स्ववियुको हिसाब किताब र्सार्बजनिक गर्ने बताउनु भयो ।
रेबत बहादुर रानाको अध्यक्षतामा चलेको कार्यक्रमको सहजिकरण अनेरास्ववियु जिल्ला अध्यक्ष गुरास आत्रेयले गर्नु भएको थियो ।

No comments:

Post a Comment