Thursday, April 23, 2009

लोकतन्त्र दिवस

बैशाख १० पाल्पा
नेकपा एमालेका केद्रिय सदस्य ठाकुर गैरेले सरकार कसैको विर्ता नभएर नेपाली जनताको भएको भएको बताउनु भयो ।
अनेरास्ववियु जिल्ला कमिटि पाल्पाले लोकतन्त्र दिवसको अबसरमा तानसेनमा आयोजना गरेको लोकतन्त्र दिवस र राजनितिक संकट बिषयक अर्न्तक्रिया कार्यक्रममा उहाँले यो कुरा बताउनु भएको हो । कार्यक्रमा गैरेले नेकपा माओबादी सामाजिक फासिवाद र उग्रवामपन्थ मा रोमल्लीएको र नेपाल्ाि कांग्रेस यथास्थिति र दक्षिणपन्थि धारमा भाषिएको बताउनु भयो । अन्तरिम संबिधान अपुरो भन्दै संबिधान बिपरित माओबादिले काम गर्दा सेना लगायतका समस्या देखिएको र प्रधानमन्त्रिले ज्ञानेन्द्रको शैलिमा काम गरको पनि ठाकुर गैरेले आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य धनेन्द्रराज घिमिर,े एमाले पाल्पा सचिब राधाकृष्ण कंडेल, सभाषद नारायणि र्समाले दिनरात गरेर सभाषद्हरुले नागरिकको सुझाब अध्ययन गरिरहदा सरकारको नेतृत्व गरेको माओवादिले राजनितिक संकट निम्त्याएको बताउनुभयो ।
कार्यक्रममा नेपालि कांग्रेस जिल्ला सचिब कृष्ण अधिकारि,एकिकृत नेकपा माओबादिका चक्रब्यु थापा, नुरराज वस्याल, बिनोद चन्द्र देवकोटा, रामजी पोखरेल, रेवत राना, भेषराज सुबेदि, लिला बल्लभ ढकाल, कमल तिमिल्सेना, निर्मल श्रेष्ट, टिका बहादुर थापा, विष्णु कंडेल लगायतले मन्tmब्य ब्यक्त गर्नुभयो । कार्यक्रम अनेरास्ववियु जिल्ला अध्यक्ष गुराँस आत्रेयको अध्यक्षतामा चलेको थियो ।

No comments:

Post a Comment