Monday, April 27, 2009

हार्दिक समवेदना

श्रीमान् सोमप्रसाद पाण्डेय
निवर्तमान सांसद तथा जिल्ला सचिवालय सदस्य
नेकपा एमाले पाल्पा
विषय ः हार्दिक समवेदना

नेकपा एमाले पाल्पाका सचिवालय सदस्य एवं निवर्तमान सांसद सोमप्रसाद पाण्डेयको श्रीमती - जिवनसाथी ) रूक्मिणा पाण्डेयको मिति २०६६ बैशाख गते दुखद निधन भएको खबरले हामी स्तव्ध भएका छौं । मार्क्सवादी विचार र कम्युनिष्ट कार्यकर्ता जन्माउन उहाँको योगदान आज हरेक पाल्पालीले संझिरहेका छन् । सादा जीवन र उच्च विचार कि धनी स्वर्गिय पाण्डेयले आफूसँग आस्था र विचार मिल्नेहरुलाई मात्र होइन्ा हरेक नागरिकलाई माया, ममता र स्नेहभाव दर्शाउने गर्नुहुन्थ्यो । विश्वजगतलाई भयभित पारेको क्यान्सर जस्तो रोगले आक्रमण गरी शरीर जिर्ण्र्ााुँदा पनि पार्टर्ीी संगठनका निम्ति समर्पित पाण्डेयको निष्ठा र आर्दशप्रति हामी नतमस्तक रहेका छौं ।
जीवन शाश्वत छैन, नश्वर छ । सामान्यतया कसैको जीवनको अवशानले यति विध्न पीडा नदिनुपर्ने हो, यति साहृ्रो अस्वाभाविक नलाग्नुपर्ने हो तर सांगठनिक जीवनमा रहेका अनेरास्ववियु पाल्पाका नेता कार्यकर्ताले उहाँको निधनलाई सहज ढंगले लिन सकिरहेका छैनौं । यद्यपी शोकलाई शक्तिमा वदल्ने आँट र साहश गर्दै उहाँका असल र राम्रा गुणहरुको अनुसरण गर्ने दृढ संकल्प गर्दछौं । यस दुखद घडिमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
गुराँस आत्रेय
अध्यक्ष
अनेरास्ववियु जिल्ला कमिटि, पाल्पा

No comments:

Post a Comment